करिब ९ सय किलो अवैध लागुऔषध गाँजा बरामद

लोकपथ
560
Shares

उदयपुर । प्रहरीले करिब ८ सय ९१ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

बेलका नगरपालिका–६ असारे मूर्ति खोलाको किनारस्थित बनमारा झाडीबाट अवैध लागुऔषध गाँजा करिब ८ सय ९१ किलो ४ सय २३ ग्राम शनिबार बेलुकी बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल बेश क्याम डुडखोला तथा राष्ट्रिय अनुसन्धान कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको संयुक्त टोलीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?