भुटानी शरणार्थीलाई स्वदेश फर्काउन माग, जेनेभालाई इमेल

दमक, १८ कात्तिक -पूर्वका झापा र मोरङका दुई शिविरमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनुपर्ने शरणार्थीले माग गरेका छन् राष्ट्रिय पुनर्मिलन समिति, भुटानले आज शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको मुख्य कार्यालय जेनेभालाई इमेल ज्ञापनपत्र पठाउँदै त्यस्तो माग गरेका हुन् तेस्रो मुलुक पुनर्वासपछि बाँकी रहेका इच्छुक शरणार्थीलाई स–सम्मान स्वदेश फर्काउन समितिको माग छ । आफ्नो देश फर्कन इच्छुक भुटानीलाई भुटानले पनि अब फिर्ता लानुपर्ने र त्यसका लागि दातृनिकायले त्यसमा विशेष सहयोग पु¥याइदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ समितिका अध्यक्ष कृष्णवीर तामाङले जारी गरेको ज्ञापनपत्रमा तेस्रो मुलुक पुनर्वास प्रक्रियामा सहभागी हुन नचाहेका अधिकांश शरणार्थी शिविरमा रहेकाले अब उनीहरुको समस्या सुनुवाइमा गम्भीरता देखाउनुपर्ने उल्लेख छ पत्र दमकमा रहेको युएनएचसीआरको कार्यालयमार्फत पठाइएको समितिले जानकारी दिएको छ । समितिले ज्ञापनपत्रमा भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गरेर धेरै शरणार्थीको आधारभूत समस्या हल गर्न सकेकोप्रति सम्बद्ध निकायलाई धन्यवादसमेत प्रकट गरेको छ पछिल्लो समय तेस्रो मुलुक पुनर्वास पछि भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा करिब नौ हजार हाराहारीमा मात्र शरणार्थी रहेको युएनएचसीआरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?