‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन’

इलाम, १८ कात्तिक – नेकपा(एमाले)का नेता सुवास नेम्वाङले मुलुकको राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताएका छन् चुलाचुली गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेम्वाङले भने, “राजनीतिक स्थायित्वका लागि गठबन्धन हो, यो कुनै पार्टी विरूद्ध गरिएको हैन ।”पूर्वसभामुख नेम्वाङले अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको विचार व्यक्त गर्दै संविधानतः गठन भएका र विचार मिल्ने शक्तिबीच एकता हुनु कुनै अनौठो होइन भने । इलाम निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गरेर चुनावीसभामा उत्रिनुभएका नेम्वाङले अबको पाँच वर्ष कम्युनिष्ट दलहरूले देशको नेतृत्व गर्ने जिकिर गर्दै भने , “वाम एकता कुनै निरंकुशता र अधिनायकवादका लागि होइन । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?