रामचन्द्रको उजुरीले गोविन्दराज जोशीको उम्मेदवारी चट् !

काठमाडौं, १८ कात्तिक—कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । उनले अर्का नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका थिए निर्वाचन आयोगको शनिबार बसेको बैठकले तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जोशीको उम्मेदवारी खारेज गर्न निर्देशन दिएको हो कांग्रेस नेता पौडेलले शुक्रबार जोशी विरुद्ध उजुरी दिएका थिए । सोहि उजुरीमाथि तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगबाट निर्देशन माग गरेको थियो आयोगका प्रवक्ता नवराज ढकालले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी खारेज गरिएको बताए । जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?