निःशुल्क स्वास्थ्य सेवा दिइरहेको आरु क्लिनिकमा के–के पाइन्छ सुविधा ?

लोकपथ
826
Shares
वरुण वेभरेजले सामाजिक उत्तरदायित्व अन्तर्गत पेप्सीकोलामा सञ्चालन गरेको निःशुल्क क्लिनिक

काठमाडौं । तपाईँलाई थाहा छ ? काठमाडौंमै यस्तो क्लिनिक छ, जहाँ नि:शुल्क स्वास्थ्य परीक्षणदेखि औषधिसम्म पाइन्छ ।

धेरैलाई विश्वास नलाग्न सक्छ, नेपालको स्वास्थ्य सेवा महंगो रहेको गुनासो आइरहेका बेला त्यस्तो पनि क्लिनिक हुनसक्छ ?

नेपालमा पेप्सी नामको नामले परिचित बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा ल्याएको क्लिनिक हो आरु क्लिनिक । जहाँ निःशुल्क स्वास्थ्य परीक्षणदेखि औषधिसम्म पाइन्छ ।

२०८० साल असोज १० गतेबाट बयोधा अस्पतालको व्यवस्थापनमा सञ्चालनमा आएको यस क्लिनिकमा दैनिकरुपमा बिरामीको चेकजाँच, ल्याब परीक्षण हुँदै निःशुल्क औषधीसमेत दिइन्छ । विशेषज्ञ चिकित्सकबाट दैनिकरुपमा अधिकतम ८० जनासम्म बिरामीले यस क्लिनिकबाट निःशुल्क सेवा पाइरहेका छन् ।

अन्य महंगो अस्पताल र क्लिनिक भन्दा व्यवस्थित र राम्रो सेवा दिइरहेको आरु क्लिनिकको सेवाबाट आफूहरु सन्तुष्ट रहेको त्यहाँबाट सेवा लिने सेवाग्राहीहरुले प्रतिक्रिया दिने गरेका छन् ।

आर्थिक रुपमा कमजोर भएका मानिसहरु मात्रै होइन, आर्थिक रुपमा सम्पन्नै भए पनि दीर्घरोग लागेकाहरु त्यहाँ नियमित स्वास्थ्य चेकजाँचका लागि पुग्ने गरेका छन् । कुनै शुल्क नलाग्ने, विशेषज्ञ कन्सल्टेन्ट डाक्टरहरुद्वारा परीक्षणदेखि औषधि समेत निःशुल्क नै उपलब्ध हुने गरेको छ । त्यति मात्र नभएर अन्य अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेकाहरु समेत ल्याब टेस्टका लागि त्यहाँ पुग्ने गरेका छन् ।

जसका कारण विपन्न वर्गका बिरामीलाई लाभ पुगेको क्लिनिकको दाबी छ । अस्पताल बसाइ तथा विभिन्न परीक्षणमा हुने थप खर्च क्लिनिकको सेवाले जोगाएको क्लिनिकमा सेवा लिन आएका बिरामीहरू बताउँछन् ।

उपचार खर्च महंगो हुँदा स्वास्थ्य उपचारमा घरखेत नै बेच्नुपर्ने अवस्थामा रहेको तितो यथार्थकाबिच बरुण वेभरेजले सञ्चालनमा ल्याएका उक्त क्लिनिकमा दैनिक ३५–५० जनासम्मले सेवा लिँदै आइरहेका छन् । सुरुमा धेरैले निःशुल्क सेवा पाइन्छ भन्ने विश्वास नै नगरेको तर पछि सेवा लिएकाहरुले प्रचार गरेपछि सेवाग्राहीहरु बढ्न थालेको व्यवस्थापनको दाबी रहेको छ ।

त्यसो त सिनामंगलमा रहेको क्लिनिकबाट मात्रै आरु क्लिनिकको सेवा सीमित छैन । पछिल्ला दिनहरुमा विभिन्न विद्यालयहरुमा समेत विशषज्ञ डाक्टरहरु लगेर आफ्नै व्यवस्थापनमा निःशुल्क स्वास्थ्य परीक्षण, ल्याब टेस्ट र औषधि वितवरण समेत गरिरहेको छ ।

यो पनि…

एउटा यस्तो क्लिनिक, जहाँ निःशुल्क परामर्श, ल्याब टेस्ट र औषधि पाइन्छ (भिडियोसहित)

आरु क्लिनिकद्वारा दर्शना स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?