काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईँ निर्वाचित भएका छन् ।
गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा अपाङ्ग संघको अधिवेशन भएको थियो । सोही दिन नै मतदान भए पनि मतगणनामा ढिलाइ हुँदा आज मात्रै नतिजा आएको हो ।
सभापति शेरबहादुर देउवाको निर्देशनमा आज आजको मत परिणाम अनुसार चम्लागाईँ ३५१ मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत मात्रै प्राप्त गरेकी हुन् ।
निर्वाचित चम्लागाईँ महामन्त्री गगन थापा, थापा शेखर कोइराला निकट रहेका छन् भने खड्का सभापति देउवा निकट रहेकी हुन् । चम्लागाईँलाई सभापति देउवा निकटका नेताहरुको समेत साथ रहेको थियो ।
महाधिवेशनमा कुल ४७० मत खसेको थियो । त्यस्तै उपाध्यक्षमा उदयबहादुर लिम्बु र अनिता गैह्रै निर्वाचित भएका छन् । त्यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया