चर्चामा अलिन , प्रमाशमान र रविन्द्र-कसले मार्ला बाजी काठमाडौँ १ मा ? 

काठमाडौं- हरेक निर्वाचनमा चर्चामा रहने काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ यसपटकको निर्वाचनमा पनि उत्तिकै चर्चामा छ । नेपाली काँग्रेसबाट प्रकाशमान सिंह ,वाम गठवन्धनवाट उज्यालो अभियानका अभियान्ता युवा नेता अनिल शर्मा र विवेकशिल साझा पार्टीवाट रविन्द्र मिश्र चुनावी मैदानमा ओर्लिएपछि काठमाण्डौ क्षेत्र नम्वर १ यसपटक पनि चर्चाको केन्द्र बनेको हो २०७० को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल र प्रकाशमान सिंहविच कडा प्रतिस्पर्धा भएको थियो । यसपटक भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य साना वाम घटकको रोजाईमा परे एक जना यस्ता ३५ वर्षे जुजारु युवा नेता अनिल शर्मा काठमाण्डौ क्षेत्र नम्वर १ लाई नेतृत्व गर्छु भनेर आएका वाम गठबन्धनका साझा युवा उम्मेदरवार अनिल शर्मा को हुन त ? अहिले चर्चाको खास विषय यो बनेको छ । अनिल शर्मा तीनै व्यक्ति हुन, जो काठमाण्डौलाई लोडसेडिंग मुक्त सहर बनाउने नायक जर्नादन शर्मा र कुलमानसिंह घिसिंग मध्ये पर्दा भित्रका एक विशेष पात्र वाम गठवन्धनका उम्मेदवार अनिल शर्मा, काठमाण्डौलाई लोडसेडिंग मुक्त बनाउने नायक जर्नादन शर्माका सहोदर भाई हुन् । काठमाण्डौलाई लोडसेडिंग मुक्त सहर बनाउने मध्येका भित्री योजनाकार शर्माले किन काठमाण्डौ क्षेत्र नम्वर १ लाई रोज्न आईपुगे ? राजनीति वृत्तमा छलफलको विषय यो पनि छ । विद्यार्थी राजनीतिमा लोकप्रिय शर्मा भन्छन, काठमाण्डौ क्षेत्र नम्वर १ लाई सवैले प्रयोगको क्षेत्र बनाए, म काम गर्ने क्षेत्र बनाउन आएको हुँ अनिल भन्छन, अबको नेतृत्व काठमाण्डौ बाटै साच्चै युवा पुस्ताले सुरु गर्ने हो भन्ने सन्देश दिन पनि म यो क्षेत्रमा जवरजस्त आएको हुँ । दाईले लोडसेडिंग मुक्त काठमाण्डौ बनाउनु भयो म धुलो, धुवाँ र फोहोर मुक्त काठमाण्डौ बनाउने छु पटक पटक टेस्ट भएका उमेर र कामले फेल भएका नेताले अब काठमाण्डौ क्षेत्र नम्वर १ लाई नेतृत्व गर्न सक्दैनन भन्ने प्रष्ट भएपछि काठमाण्डौ क्षेत्र नम्वर १ लाई नेतृत्व गर्ने आटँ मैले गरेको हुँ । लोडसेडिंग र सडक सुधार अभियानमा हामी पास भैसकेका हुनाले म विश्वस्त छु, काठमाण्डौ क्षेत्र नम्वर १ वासीले मलाई पत्याउनु हुन्छ राजधानी र काठमाण्डौको मुटु क्षेत्र नम्वर १ को अवस्था हेर्दा मलाई लाग्यो प्रकाशमान दाई कहाँ हुनुहुन्छ ? म त अचम्मित छु । उहाँ त च्याक्सीवारीमै हराउनु भएछ  काठमाण्डौ क्षेत्र नम्वर १ का मतदाता अलि फरक प्रवृत्तिका छन् । स्थानीय तहको निर्वाचनमा काठमाण्डौका यस क्षेत्रका वासिन्दाले रोजेको व्यक्ति हेर्दा लाग्छ काठमाण्डौ क्षेत्र नम्वर १ का जनता सधै एकै व्यक्तिलाई बोक्नै पर्छ भन्ने पक्षमा देखिदैनन । यहाँ मतदाता विचार भन्दा पनि विवेक प्रयोग गर्छन् । २०६४ र ७० को दुई संविधान सभा निर्वाचनमा गणेशमान सिंहको नाममा प्रकाशमान सिंहलाई मतदान गरे करिब आठ वर्षको नेतृत्वमा प्रकाशमानले के गरे काठमाण्डौ क्षेत्र नम्वर १ का लागि ?करिब आठ वर्षको नेतृत्वमा प्रकाशमानले के गरे काठमाण्डौ क्षेत्र नम्वर १ का लागि ? अहिले यस क्षेत्रका मतदाता यहि हिसावकिताव खोज्दैछन् । तेस्रो पटक काठमाण्डौ क्षेत्र नम्वर १ बाट प्रतिस्पर्धा गर्न लागेका प्रकाशमान सिंहले के प्रतिवद्धता व्यक्त गरेका थिए के पुरा गरे ?झिलिमिली सहरदेखि चिल्ला सडक, ढलको व्यवस्थापन र पिउने पानीको समस्या हल गर्ने । देश हाँक्नेहरु दिनको चार पटक हिड्ने संसद भवनसम्म जोडिने सिंहदरवार, हनुमानस्थानदेखि नयाँ वानेश्वर चोकसम्मको सडकले नै पुष्टि गर्छ, यसअघिका जनप्रतिनिधिले के गरे ?१४ मिटर लम्वाईको वाटो झरेर जम्मा ११ मिटर बन्यो । लक्ष्मी दिदि लगायतको चोककै घर काँग्रेस नै भएका कारण भत्काईएन । धोविखोला करिडोर निमार्ण सुरु भएको दश वर्ष भयो तर अहिलेसम्म मुस्किलले कति पिच भएको छ यस क्षेत्रका मतदाताले आफनै आखाँले नै देखेका छन् भित्री सडकमा सोलार वत्ती जडान गर्ने भनेर भोट मागेका प्रकाशमानले अहिलेसम्म दश पोल गाडिएको छैन् । अधिकांश भित्री सडक कालो पत्रे हुन सकेको छैन् । विभिन्न सन्चार माध्यममा करिडोर र सोलार बत्तिमा घोटला भएको समाचार नै आए । नयाँ वानेश्वरस्थित संविधान सभा अगाडीको सडकले नै पुष्टि गर्छ । खानेपानी ढलको समस्या त कुरै नगरौं जनतालाई बाचा दिने तर काम पुरा नगर्ने हरेक नेतृत्वको रबैया कहिले सच्चिएला आम मतदाताको चिन्ता र चासो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?