बाबुराम विरुद्ध खनिए नारायणकाजी

गोरखा- (नेकपा माओवादी केन्द्रका नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर (२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठले पुसभित्र वामपन्थीको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति गोरखाले पालुङटारको ठाटिपोखरीमा आयोजना गरेको सयुक्त प्रदेश स्तरिय शिक्षक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बहुमतको सरकारसँगै राजनीतिक स्थिरता र विकासका लागि वाम गठबन्धनलाई बिजयी गराउन आग्रह गरे । श्रेष्ठले संगठनको हिसाबले गोरखामा माओवादी बलियो भएको र गठबन्धनले झन् बलियो भएको कारण उच्च मनोबलका साथ अघि बढ्न निर्देशन दिए सम्बोधनका क्रममा श्रेष्ठले डाक्टर बाबुराम भट्टराईलाई इंगित गर्दै नयाँशक्ति नामको पुरानो विचार भएका व्यक्तिलाई जिताएर केही फाइदा नहुने बताए माक्र्सवाद माओवाद, लेनिनवादलाई लत्याएका भट्टराई कहिले मधेसवादी दल सङ्ग पार्टी एकता गर्छु भन्ने, कहिले फेरि बामपंथी भए भन्दै बाम गठबन्धनमा आउने र कहिले कांग्रेसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भन्ने अस्थिरता, अवसरवाद व्यक्ति भएको श्रेष्ठले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?