यस्तो छ प्रहरीको अपराध फाइलः वितेको २४ घण्टामा के–के घटना भयो ?

काठमाडौं, १८ कात्तिक–नेपाल प्रहरीको केन्द्रीय  समाचार कक्षले वितेको २४ घण्टामा  घटेका घटनालाई यसरी उल्लेख गरेको छ । जुवातास खेल्नेहरु पक्राउ काठमाडौं– काठमाडौं महानगरपालिका–३ वासवारी धारापाटीस्थित ४३ वर्षीया दिपा बस्नेतले भाडामा लिएको घरमा जुवातास खेलीरहेको अवस्थामा १६ थान कौडा र नगद १५ लाख ७५ हजार रुपैयाँ सहित निज दिपा बस्नेत लगायत १७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ अवैध लागूऔषधसहित पक्राउ  ललितपुर ः ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट काठमाडौं सामाखुशी बस्ने पर्साका ३५ वर्षीय  प्रभु भन्ने जमुना साह तेली, तिखिदेवल बस्ने २७ वर्षीय प्रवेश ढुंगाना र २८ वर्षीय बिक्रम खडकालाई डाइजेपाम २ सय ९५ पिस, फेनारगन १ सय ५० पिस, नुफिन १ सय ५ पिस, नगद २५ हजार ३ सय ५० रुपैयाँ, ल्यापटप १ थान, बिभिन्न ब्राण्डका मोबाईलहरु ८ थान र सिमकार्ड १ वटा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । झापा ः मेचीनगर नगरपालिका–६ स्थित मुलगेटमा सवारी साधन जाँच गर्नेक्रममा को.२२ प १०३६ नम्बरको मोटरसाइकल चालक सुनसरीको धरान नगरपालिका–११ बस्ने ३९ वर्षीय रामकृष्ण गुरुङ र मोटरसाइकलमा सवार सोही नगरपालिका–१० बस्ने ४६ वर्षीय देवराज राईलाई मोटरसाइकलमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर ३ ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सवारी दुर्घटनामा मृत्यु तथा घाइतेडोटीः केआईसिंह गाउँपालिका–३ देउरालीमा सिस्टटारबाट दिपायलतर्फ जाँदै गरेको से.१ ज २६५ नम्बरको जिप शनिबार दुर्घटना हुँदा जिपमा सवार ११ जनामध्ये चालक सोही गाउँपालिका–१ बस्ने ५५ वर्षीय खेमराज ओझा,  आदर्श गाउँपालिका–१ बस्ने १९ वर्षीया अनिता खड्का र अर्का १ जना समेत गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ८ जना घाइतेलाई उपचारको लागि दिपायल शैलेश्वरी पोलिक्लनिक पठाइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर र ५ जनाको सामान्य रहेको छ । रुकुम ः पुथाउत्तर गंगा गाउँपालिका–११ तल्लोसेरामा बा.३ ख ४२१७ नम्बरको टिफर शुक्रबार दुर्घटना हुँदा घाइते भएका सुकदह गाउँपालिका–२ बस्ने २४ वर्षीय सलेन बुढाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा टिफर चालक सोही ठाउँ बस्ने ३० वर्षीय पोष बिक लगायत ६ जना गम्भीर घाइते भएपछि उपचारको लागि उक्त अस्पताल लगिएकोमा उपचारको क्रममा बुढाको मृत्यु भएको हो गोरखा ः सिरानचोक गाउँपालिका–८ फिनामटारमा ग.१ त ४५४३ नम्बरको ट्याक्टरले किचेर शुक्रबार अनमोल बिक नाम गरेका बालकको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरका चालक गोरे गुरुङले चलाउदै गरेको अवस्थामा ट्याक्टरमा सवार सिरानचोक–५ ढिस्का बस्ने १३ वर्षीय अमोल बिकले न्युट्रल बटन थिच्न जाँदा ट्याक्टर अनियन्त्रित भई सडकबाट करीव २ सय मीटर खस्दा ट्याक्टर चालक र सहचालक घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल गोरखा पठाइएको र अवस्था गम्भीर रहेको छ । सिन्धुपाल्चोक ः सुनकोशी गाउँपालिका–६ तेह्रकिलोस्थित अरनिको राजमार्गमा बा.२ ख ५४२६ नम्बरको बस शनिबार ब्रेकफेल भई दुर्घटना हुँदा सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१ बस्ने ३० वर्षीया सुमित्रा तामाङ लगायत ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि सदाबहार अस्पताल खाडिचौरतर्फ पठाइएको छ । घाइतेमध्ये  १ जनाको अबस्था गम्भीर र अन्यको सामान्य रहेको छ । बसचालक हाल फरार रहेकोले खोजी कार्य भइरहेको छ थ्रेसरको रडमा बेरिएर मृत्यु  रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित नारायणप्रसाद न्यौपानेको खेतमा लगाएको धान झार्ने थ्रेसरमा धान झार्ने क्रममा कालिका नगरपालिका–६ बस्ने २९ वर्षीय तपन थापाको शुक्रबार थ्रेसरको रडमा बेरिन जाँदा घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ मृत अवस्थामा फेला  म्याग्दी ः मंगला गाउँपालिका–२ बाबियाचौर कोटडाँडा बस्ने ५१ वर्षीय कृण्णबहादुर कटुवाल शुक्रबार घरबाट  हिँडेकोमा घर नफर्केपछि खोजी गर्नेक्रममा बाबियाचौर कोत्रबाङस्थित बाटोबाट खसेर मृत्यु भएको अबस्थामा शनिबार फेला परेका छन् । धादिङ ः गजुरी गाउँपालिका–१ स्थित त्रिशुली नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी करीव १९ वर्षीया महिलाको शव शुक्रबार फेला परेको छ । नवलपरासी ः सरावल गाउँपालिका–७ मुझरहिया क्षेत्रमा मागी खाई हिँडने गरेका हाल नाम, थर, बतन नखुलेका करीव ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु ः लिखुपिके गाउँपालिका–३ बस्ने ६६ वर्षीया निमाछिरी शेर्पा कात्तिक १५ गतेदेखि हराई बेपत्ता भएकोमा खोजी गर्दै जाँदा सोही ठाउँस्थित लिखु खोलामा शुक्रबार उनको शव फेला परेको छ उपचारको क्रममा कैदीको मृत्यु सुनसरी– क्षेत्रीय कारागार झुम्कामा जबरजस्ती करणी मुद्धाका कैदी संखुवासभाको तामाफोक बस्ने ७० वर्षीय  जसबहादुर ओझाको कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । प्यारालाइसिस सम्बन्धि बिरामी भएपछि ओझालाई उपचारको लागि उक्त अस्पताल लगिएको थियो यी सबै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?