जुम्लाका २३० भेडापालक किसानलाई १८ हजार गोठालो भत्ता

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जुम्लाका भेडापालक २३० किसानहरुलाई गोठालो भत्ता उपलब्ध गराइएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहीले २३० किसानलाई जनही १८ हजारका दरले भत्ता उपलब्ध गराइएको जानकारी गराएका हुन् ।

जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद शाहीले निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्रका किसानहरुलाई गोठालो भत्ता उपलब्ध गराउने लगायतका घोषणाहरु गरेका थिए ।

‘जुम्लाका भेडापालक २३० किसानलाई १८ हजार गोठालो भत्ता उपलब्ध गराइएको जानकारी गराउदछु । किसान बने देश बन्छ,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?