राजनीतिक दलहरूले स्ववियुको नाममा क्याम्पसहरूमा ताण्डव देखाए : सांसद श्रेष्ठ

लोकपथ
385
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमन श्रेष्ठले राजनीतिक दलहरूले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरूमा ताण्डव देखाएको टिप्पणी गरेकी छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताइन् । उनले क्याम्पसहरूमा महिना दिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइन् ।

उनले भनिन्, ‘स्ववियुको नाममा क्याम्पसहरूमा दलहरूको ताण्डव भइरहेको छ । यो के भएको ? आफ्नो गुट,उपगुटलाई बचाउन महामन्त्री सभापति बन्न विद्यार्थीहरूको दुरुपयोग भइरहेको छ सभामुख महोदय । विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरूले पढ्न नपाएको एक महिना भयो । म यसमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु । विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस् । ’

उनले मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित बनाउने सवालमा शिक्षामन्त्रीले गृह र गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाएर पन्छिन खोजेको आरोप समेत लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?