काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी ः तराई–मधेश जागरण अभियान’ पुनः आजबाट सुरु हुँदैछ ।
आज अपरान्ह ४ बजे बारामा अभियानका टोलीलाई स्वागत गरिने कार्यक्रम रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
आज प्रचण्डसहित शीर्ष नेताहरु अभियानको पुनः शुभारम्भका लागि बारा जाँदैछन् ।
गत फागुन १२ गते झापाको केचनकवलबाट सुरु भएको जागरण अभियान पूर्व राजा ज्ञानेन्द्र शाहको शक्ति प्रदर्शनपछि रोकिएको थियो ।
पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँने क्रममा विमानस्थलमा भव्य स्वागत गरिएसँगै माओवादीले आफ्नो अभियान स्थगित गरेर त्यसको प्रतिकार गर्ने निर्णय गरेको थियो । राजावादी शक्तिहरुको निरन्तर शक्ति प्रदर्शनपछि गणतन्त्र धरापमा परेको भन्दै माओवादी समेत सम्मिलित समाजवादी मोर्चाले त आन्दोलनको घोषणा नै गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया