पूर्वराजा ज्ञानेन्द्र गोरखा जाँदै, गोरखनाथ र मनकामना मन्दिरमा पूजा गर्ने

लोकपथ
805
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक यात्राका लागि गोरखा जाने भएका छन् । ज्ञानेन्द्र यसै साता गोरखा जान लागेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिए ।

उनका अनुसार यसै साता गोरखा जान लागेका ज्ञानेन्द्रले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिर दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिसबक्सन यसै हप्ता गोरखा सवारी होइबक्सँदैछ,’ संवाद सचिव पाठकले भने ।

त्यसो त पछिल्ला केही महिनादेखि पूर्व राजा ज्ञानेन्द्र धार्मिक यात्रा गरिरहेका छन् । नेपालका पवित्र धार्मिक स्थल मात्र नभएर मित्र राष्ट्र भारतमा समेत पुगेर पूजाआजा गर्दै आइरहेका छन् । गत फागुन २५ गते उनी पोखराबाट काठमाडौं आउँदा भव्य रुपमा स्वागत गरिएसँगै राजावादीहरु हौसिएका छन् । पुनः राजतन्त्र फर्काउन आन्दोलनको तयारी गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?