राजावादीहरु थप सल्बलाएपछि कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

लोकपथ
1.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

आगामी चैत १० गतेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक सो दिन दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरु तथा सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

राजावादी शक्तिहरु पछिल्ला दिनमा थप सल्बलाउन थालेपछि कांग्रेसले त्यसबारे समीक्षा र रणनीति तयार गर्न बैठक बोलाएको हो । यसअघि मंगलबार कांग्रेसले पदाधिकारी बैठक बोलाएर केही छलफल र समीक्षा गरेको थियो । आगामी दिनमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्न कांग्रेसले बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?