काठमाडौं । विपक्षी दलहरुले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ बारे मत विभाजन माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उक्त विधेयकमाथि दफावार छलफल भएको थियो ।
छलफलका क्रममा आफूहरुले राखेको विषयको सम्बोधन नभएको भन्दै विपक्षी दलका सांसदहरुले मत विभाजनको माग गरेका हुन् ।
सभामुखले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा विपक्षी दलका सांसदहरुले भने उठेर विरोध जनाएका थिए ।
उक्त विधेयकका सम्बन्धमा आफूहरुले राखेको संशोधनलाई सत्तापक्षले कुनै चासो नदेखाएको भन्दै विपक्षी दलका सांसदहरुले असन्तुष्टी जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया