मधेसका मुख्यमन्त्री सिंह महामूर्खको उपाधिबाट सम्मानित

लोकपथ
672
Shares

काठमाडौं । हरेक वर्ष होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रदान गर्ने महामूर्खको उपाधि यस वर्ष मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । 

जनकपुरधामको राम मन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो । 

मिथिला नाट्य कला परिषद् आज जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चालेको कदमको सराहना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो । 

उनलाई विशेष प्रकारको व्यङ्गात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सम्मान गरे । 

यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?