काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले यसअघिका सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ ।
यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो ।
यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो । उक्त रेकर्ड पनि तोडेर अहिले मूल्य उच्च बन्न पुगेको हो । हिजो बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ रहेकोमा आज शुक्रबार एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो ।
यसैबिच बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया