काठमाडौं । सरकारले पूर्व विशिष्ट अधिकारीहरुलाई आजीवन सुविधा दिन लागिएको विषयमा चौतर्फी आलोचना भइरहेको छ ।
गृहमन्त्रालयको प्रस्तावमा पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिन लागिएको हो ।
सरकारको चौतर्फी आलोचना भइरहेका बेला सरकारको नियतमाथि नै प्रश्न उठेको छ ।
सो विषयमा विरोध जनाउँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यस्ता कामले सरकार र पार्टीको हित नगर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सरकार कुशासनको दुश्चक्रमा फस्दै गइरहेको अवस्थामा यस्तो सुविधाले नागरिकमा थप आक्रोश पैदा गर्ने बताए । साथै पूर्व विशिष्टहरुलाई सुविधा बढाउनुको साटो घटाउनुपर्नेमा उनको जोड रहेको छ ।
‘विनास काले विपरित बुद्धि : सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा । यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ बरु दिईएको सुविधा पनि घटाऊ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया