काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधवार आयोजना गरेको नयाँ युगको कार्यभार ः वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताए । उनले कर्मचारीतन्त्रले साशकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे ।
उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाए । उनले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गरे । अबको विकल्प राजनीतिमा नभइ कर्मचारीतन्त्रमा चाहिएको उनको भनाइ छ ।
उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिए । वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरुले दिनुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया