काठमाडौं । अवैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट अवैध लागुऔषध गाँजा करिब १३ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका–१ बस्ने ५० वर्षीया सुशीला गोलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट रामबनबाट खटिएको प्रहरीले हेडौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना।८ ख ६०६१ नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया