काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँबजारस्थित ‘डेकोर प्यालेस’ मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। ‘डेकोर प्यालेस’ मा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामाग्री उपलब्ध छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्टहरु Club Himalaya र Hotel Himalayan Villa मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया