काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रूपले छलफल गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक–८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताए । उनले सरकारले ल्याएको विधेयक निरंकुस नभएको जिकिर गर्दै अध्यादेश भित्रको विषय बस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गरे ।
विषय वस्तुमाथि द्वन्द्वात्मक रूपले बुझ्ने क्षमता प्रतिपक्षहरुसँग नभएको आरोप लगाए । मन्त्री गुरुङले सुशासन प्रवर्द्धन गर्नु आजको सबैभन्दा सबैको साझा उद्देश्य र दायित्व भएको बताए । प्रतिस्थापन गर्न बनेको विधेयकहरूको विरोध हुनु वैचारिक र सैद्धान्तिक रूपले गलत भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया