२०७८,श्रावण,८,शुक्रवार

लोकतन्त्रको विकल्प खोज्ने कम्युनिष्ट आफै विलय हुन्छ ः कांग्रेस नेता सिंह

२०७४,कार्तिक,१८,शनिवार ०९:५६


कठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रले दश वर्षभित्र मुलुकमा साम्यवादी कम्युनिष्ट व्यवस्था ल्याउने गरेर घोषणा गरेको भन्दै लोकतन्त्रवादी शक्तिले गम्भीर भएर सोँच्नु पर्ने अवस्था आएको बताएका छन् काठमाडौं क्षेत्र नं। १ अन्तर्गत शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एमाले र माओवादीको साम्यवादी व्यवस्था ल्याउने योजनालाई नेपाली जनताले रोक्नुपर्ने बताए । ‘दश वर्षभित्र साम्यवादी व्यवस्था ल्याउने भनेर एमाले र माओवादी केन्द्रले सहमति गरेका छन्’, उनले भने, ‘केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट शासन ल्याउने कुरा गरेका छन् । सहमति गरेका छन् ।’ साम्यवादी कम्युनिष्ट व्यवस्था नेपालमा आयो भने जनताको सबै हकअधिकार खोसिने कांग्रेस नेता सिंहले दाबी गरे । साम्यवादी व्यवस्था विश्वभरिबाट किन पतन भयो भन्ने कुरा एमाले र माओवादी केन्द्रलाई सोँच्न नेता सिंहले सुझाव दिए ‘साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो’, उनले भने, ‘जनताको अधिकार छिन्ने । एकदलीय शासन व्यवस्था ल्याउने । सबै कुरा केन्द्रबाट नियन्त्रण गर्ने । कम्युनिष्टहरूले बिरोधीलाई बोल्न नदिएर निषेध गर्नेसम्मका कार्य गर्ने छन् ।’ नेता सिंहले पहिलो संविधान सभामा कम्युनिष्ट पार्टीहरूको बहुमत हुँदाहुँदै संविधान जारी गर्न नसकेको बताए । ‘पहिलो संविधान सभामा कम्युनिष्टहरूको बहुमत थियो । तर, संविधान जारी गर्न सकेनन्’, उनले भने, ‘दोस्रो संविधानसभामा कांग्रेसलाई जनताले जिताएर पठाए । कांग्रेसको नेतृत्वमो संविधान जारी भयो । त्यो संविधानलाई भत्काउन एमाले र माओवादी लागेका छन् ।’ संविधानको रक्षा गर्नका लागि पनि कांग्रेसको जित आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१८,शनिवार ०९:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा(एमाले) का नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्सलाई तत्काल खारेज गर्न माग गरेका छन् । भट्टराईले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६