काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
दलतन्त्रले देशलाई थप कमजोर बनाएको भन्दै त्यसको विरुद्ध आगामी चैत २४ गते काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको अध्यक्ष शाहले जानकारी दिए ।
सो दिनबाट तेस्रो जनआन्दोलनको घोषणा गरिएको र उपस्थित हुन आह्वान गरेका हुन् ।
‘इतिहास साक्षी छ हिजो पञ्चायती व्यवस्थामा पञ्चहरु मोटाए । आज दलतन्त्रमा दलका नेताहरु मोटाइरहेका छन् ।
जनता मोटाउन जनताको शासन चाहिन्छ । जनता मोटाउन दलतन्त्रको अन्त्य जरुरी रहेको छ । दलतन्त्रको अन्त्यका लागि हाम्रो पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गरेको छ ।
चैत २४ गते तेस्रो जनआन्दोलमा सहभागि हुन विशेष अपिल गर्न चाहान्छु,’ शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन् ।
शाह नेतृत्वको आम जनता पार्टीले घोषणा गरेको तेस्रो जनआन्दोलन भृकुटीमण्डपमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया