चन्द्रागिरिमा युवकद्वारा आत्मदाहको प्रयास, उद्धारपछि अस्पतालमा उपचार जारी

लोकपथ
3.1k
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । गएराति साढे १२ बजे स्थानीय ३५ वर्षीय उत्तम कार्कीले फेसबुक लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

उनलाई परिवारका सदस्य र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएका थिए ।

कार्कीको अनुहार र हातमा जलन भएको तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताए ।

फेसबुक लाइभमा कार्कीले आफूलाई एक युवतीले मानसिक तनाव दिएको, प्रहरी प्रशासनले आफ्नो कुरा नसुनेको, साथै परिवारका सदस्यहरू कष्टमा परेको भन्दै आत्मदाहको प्रयास गरेको उल्लेख गरेका थिए ।

यसअघि, उनले अभद्र व्यवहार सम्बन्धी मुद्दामा १८ दिन हिरासतमा बिताएको र सोही घटनाका कारण पारिवारिक सम्बन्धमा असर परेको बताएका छन्।

हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?