प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

लोकपथ
539
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ ।

संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गर्ने गर्नेछन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नेछन् ।

त्यस्तै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने । माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, माननीय छिरिङ ल्हामु लामा (तामाङ) र माधव सापकोटाबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची रहेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्नेछन् ।

यस्तै आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल र रणेन्द्र बरालीबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेस गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?