काठमाडौं । समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मंगलबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोध सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार आउँदो चैत १ गते बिहान मोर्चाको बैठक बस्ने र दिउँसो पत्रकार सम्मलेनको आयोजना गर्दै जनतामा गणतन्त्र विरोधी कदमको विरोध गर्न आह्वान गर्ने निर्णय समेत भएको छ ।
बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भीर विश्लेषण गरेर वस्तुगत निष्कर्ष निकालेको बताए । मुलुकमा अलोकतान्त्रिक घट्नाक्रमहरु घटाउने कुचेष्टा र नेपाली जनताको पटक पटकको बलिदानीबाट प्राप्त गणतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र सुरु निष्कर्ष समेत बैठकले निकाले उनले बताए ।
उनले संविधान र लोकतन्त्र विरोधी कामहरू वामपन्थी र कम्युनिष्टहरुको लागि सह्य नभएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया