प्रचण्डलाई राप्रपाको चेतावनी– ‘भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्’

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै आपत्ति जनाएका हुन् ।

भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्नेकुराको हेक्का राख्न चेतावनी दिए । उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा नरहेको उल्लेख गरे । अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे । 

उनले आफूहरूले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताए । उनले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने बताए । अश्ररुको बुई चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?