काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।
राजनीतिक दलहरूका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । उनीहरूले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डोर्याउने माध्यम भएकाले सामान्य रूपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया