स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

लोकपथ
49
Shares

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोडको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त गरेको छ ।

सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा. काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए ।

यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ ।

अर्थशास्त्रमा विद्यावारिधी डा. काप्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?