एनआईसी एशिया क्यापिटलले सुरु गर्‍यो डायस्पोरा खाता सेवा

लोकपथ
357
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गैर-आवासीय नेपाली (NRNs) र नेपाल बाहिर बसोबास गर्ने नेपाली (NROs) लाई लक्षित गर्दै ‘डायस्पोरा खाता’ र ‘Offer for Sale (OFS) Platform’ संचालनमा ल्याएको छ । एनआईसी एशिया क्यापिटलले लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवामार्फत विभिन्न कम्पनीहरूलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ ।

सेवालाई थप परिस्कृत गर्दै, क्यापिटलले ‘One-Stop Solution’ सेवा मार्फत गैर-आवासीय नेपालीहरूले नेपालमा व्यवसाय स्थापना वा विस्तार गर्न चाहने सम्पूर्ण प्रक्रियाहरूलाई सहज बनाउन डायस्पोरा खाता सेवा सुरु गरेको हो ।

डायस्पोरा खाता सेवाका मुख्य विशेषताहरू:

लन्च प्याड (स्टार्टअप आवश्यक) : कम्पनी दर्ता, मूल्याङ्कन, कानुनी तथा अनुपालन सेवा, र लगानी रकम संकलनको व्यवस्था।

ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तार) : इक्विटी लगानी, उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण, र विदेशी प्रत्यक्ष लगानी (FDI) सम्बन्धी परामर्श ।

क्यापिटल एज (बजार पहुँच) : निष्काशन तथा बिक्री प्रबन्धक, RTA/RTS सेवा, र पूँजी संकलन सम्बन्धी काम।

इनसाइट ३६० (परामर्श सेवा) : वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय सञ्चालनमा आवश्यक परामर्श।

कम्पनी स्थापना, व्यवसाय विस्तार, IPO निष्काशन, र धितोपत्रको दोश्रो बजारमा शेयरधनी विवरण अद्यावधिक गर्न चाहने लगानीकर्ताहरूलाई एकीकृत सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा ल्याइएको क्यापिटलले जनाएको छ।

त्यस्तै, संस्थापक शेयर खरिद बिक्रीमा सहजता ल्याउने उद्देश्यका साथ ‘Offer for Sale (OFS) Platform’ संचालनमा ल्याइएको छ।

OFS Platform का विशेषताहरू:

Valuation Report: संस्थापक समूहको शेयरको खरिद बिक्री मूल्य निर्धारणका लागि मूल्याङ्कन प्रतिवेदन उपलब्ध गराउने।

सहज बिक्री प्रक्रिया: संस्थापक समूहका शेयर बिक्री गर्न चाहनेले क्यापिटलको वेबसाइटमा विवरण भर्न सक्ने र खरिदकर्ताको खोजी क्यापिटलले गर्ने ।

सहज खरिद प्रक्रिया: संस्थापक शेयर खरिद गर्न चाहनेलाई अनलाइन मार्फत कम्पनी विवरण उपलब्ध गराउने ।

गोपनीयता : खरिदकर्ता र बिक्रीकर्ताको विवरण सुरक्षित राखिने ।

सहज र सर्वसुलभ : अनलाइन फारम भरि देश तथा विदेशबाट आवेदन दिन सकिने ।

माथि उल्लेखित सेवा लिनको लागि क्यापिटलको वेभसाईट t www.nicasiacapital.com वा सोझै OFS Platform -https://www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको शेयर खरिद वा बिक्री गर्न चाहेको हो सोको विवरण रितपूर्वक भरी आवेदन पेस गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?