वैदेशिक रोजगारको अन्त्य तत्काल सम्भव छैन : पूर्वअर्थमन्त्री खतिवडा

लोकपथ
308
Shares

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अप्ठ्यारो स्थिति रहेको बताएका छन् । 

सोमबारबाट संघीय राजधानीमा सुरु भएको रोजगार मेलालाई सम्बोधन उनले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार भएकै कारण वैदेशिक रोजगारको तत्कलै अन्त्य गर्न कठिन रहेको बताएका हुन् ।

खतिवडाकाअनुसार अहिले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, सम्मानित बनाउने, प्रतिफल युक्त बनाउने, वैदेशिक रोजगारीबाट फर्केकालाई श्रमबजारमा फेरि आबद्ध गर्ने, उनीहरुले ल्याएको आर्जनलाई स्वरोजगारी र कामको अवसर सिर्जना गर्ने काममा लगाउन सक्नुपर्छ । 

श्रम मन्त्रालयले श्रम सम्झौताहरु गर्दा विदेशमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा ख्याल गर्नुपर्छ । नेपालमा रहँदा नेपाल सरकारले विदेशमा जाँदा त्यही रोजगारदाताले सामाजिक सुरक्षा दिने प्रत्याभूति गराएर वैदेशिक रोजगारीमा लैजाने अवस्थाको सिर्जना गर्नुपर्ने उनले बताए ।  

आगामी एकदशक रोजगार दशक मनाइरहँदा एकदशक पछि वैदेशिक रोजगारीमा कोही पनि जानु नपर्ने वातावरण हामीले सिर्जना गर्नुपर्ने बताउँदै खतविडाले त्यसका लागि केही सर्तहरु रहेको बताए । 

खतिवडाकाअनुसार श्रमिकहरुको ज्यालदरहरु अहिले कम छन्  । अहिलेको स्थितिमा एउटा श्रमिकको वर्षको ३ लाख ५० हजार आम्दानी नभएमा  श्रमिकलाई गाह्रो हुने उनले बताए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?