काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल जाने भएका छन् ।
यसअघि लिङ्देन पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्न नजाने बताइएको थियो ।
राप्रपाका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लिङ्देन स्वयम पूर्व राजा ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने जानकारी दिए ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले लिङ्देन ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेसहित निर्मल निवाससम्म पुर्याउने कार्यक्रमा सहभागि हुने बताए ।
‘सबैलाई सूचना गर्दछु। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन राजा लाई स्वागत गर्न काठमाडौं एयरपोर्टमा उपस्थित हुनुहुन्छ। पार्टी अध्यक्ष स्वयं उक्त कार्यक्रममा सहभागी हुनुहुन्छ,’ उनले भनेका छन् ।
आज पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउँदैछन् । सो अवसरमा राप्रपा लगायत राजावादी शक्तिहरुले विमानस्थलबाट निर्मल निवाससम्म पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया