युक्रेनमा रुसी आक्रमण : २० को मृत्यु, ३० भन्दा बढी घाइते

लोकपथ
1.3k
Shares

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

शुक्रबार राति डोनेट्स्क र खार्किभ क्षेत्रमा रुसले आक्रमण गरेको थियो । बीबीसीका अनुसार आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ।

यसअघि बिहीबार राति पनि रुसी आक्रमणमा परी पाँच जनाको ज्यान गएको थियो ।

युक्रेनमाथिको यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि भएको हो, जसमा उनले रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने सोच बनाइरहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?