काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी ः तराई–मधेश जागरण अभियान’ केही समयका लागि स्थगित गरेको छ ।
माओवादी केन्द्रले गत फागनु १२ गतेबाट सुरु गरेको जागरण अभियान एकाएक स्थगित गरेर माओवादीका शीर्ष नेताहरु काठमाडौं आउने तयारी गरेका छन् ।
सरकारको पछिल्ला कदमले गणतन्त्रमाथि खतरा बढेको भन्दै माओवादीले केही दिन जागरण अभियान स्थगित गरेर त्यसबारे थप रणनीति बनाउन तयारी गरेको हो ।
त्यसो त पछिल्लो समय देशका विभिन्न स्थानमा राजावादी शक्तिहरुको प्रदर्शन र भोलि हुने आन्दोलनलाई मध्यनगर गरेर माओवादीले आफ्नो अभियान स्थगित गरेको हो ।
त्यसो त केही दिनपछि पुनः कार्यक्रम निरन्तर अघि बढ्ने बताइएको छ ।
यसैबीच माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीति तय गर्र्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
राप्रपा लगायत राजावादी शक्तिहरुले भोलि काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्दैछन् । पोखराबाट ज्ञानेन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने भएसँगै राप्रपाले त्यहीँ स्वागत गर्दै बृहत र्याली गर्ने तयारी समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया