स्रोत र साधनले भ्याएसम्म भूकम्प पीडितलाई सहयोग जारी छ : गृहमन्त्री लेखक

लोकपथ
350
Shares

अछाम । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनः स्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको  बताएका छन्  । 

अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको आज उद्घाटन गर्दै उनले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्पपीडितलाई सहयोग गरिरहेको बताए । 

गत वर्षको कात्तिकमा भएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको उक्त एकाइले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउने छ । नव स्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मत सम्भारका काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै लाभग्राहीलाई द्रुत सेवा प्रवाह गर्न उनले प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिए । 

भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता बापत  प्रतिघर ५० हजार प्रदान गरिएको छ । एकाइ स्थापनासँगै लाभग्राहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो । 

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, राष्ट्रिय  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख  भीष्मकुमार भुसाल, प्रदेशसभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थियो। 

जाजरकोट भूकम्पमा परी एक सय ५७ जनाले ज्यान गुमाएका थिए भने तीन सय ७५ जना घाइते भएका थिए । विसं २०७९ कात्तिकमा २३ गते बिहान डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरगाउँ केन्द्रबिन्दु  भएर ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्प भएको थियो । 

उक्त भूकम्पमा उक्त गाउँका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। डोटीका नौवटा स्थानीय तहबाट ५४१ वटा निजी आवास पूर्ण रूपमा क्षति भएका र चार हजार एक हजार ४६ घरहमा आंशिक क्षति भएको छ थियो । त्यस्तै ४७ विद्यालय, आठ  स्वास्थ्य चौकी, नौ  सरकारी भवन र चार  सांस्कृतिक सम्पदामा पनि क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?