काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताएकी छन् ।
शनिबार काठमाडौंमा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्नेकुरामा पछि परेको बताइन् । उनले विगतका अभ्यास, कानुन, नियम, संविधान, इतिहास सँगै अघि बढाउनुपर्नेमा जोड दिइन् ।
उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले संघर्ष गर्नुपर्ने बताइन् । सबै मिलेर संघर्ष गरे मात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया