कीभ । युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
सञ्चार माध्यमका अनुसार शुक्रबार राति भएको आक्रमणमा आठ वटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको हाे ।
डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क सहरको उत्तर पश्चिममा अवस्थित छ। युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया