महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुन्छ : उपसभामुख राना

लोकपथ
112
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुनसक्ने बताएकी छन् । 

शनिबार काठमाडौंमा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गरिन् । उनले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताइन् । 

उपसभामुख रानाले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?