काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्त्वहरूले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताएका छन् ।
इस्लाम धर्मावलम्वीहरुले मनाउने रमजान पर्वको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन् ।
उनले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलबारी भएको उल्लेख गर्दै कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताए । उनले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्वीहरु र जातजातिहरूले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको बताए ।
इस्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उनले मुस्लिम समुदायलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया