काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन समेत चेतावनी दिए ।
अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै नेपाली जनताको भावना समेत ससदमै रहेको उनको भनाइ छ । उनले अहिलेको नेतृत्वले आफ्नो सिद्धान्त, परम्परा विपरित प्रधानमन्त्री हत्याउनकै लागि जुनसुकै दलहरुसँग मिल्ने प्रवृत्तिको विकास भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया