कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा लगानीका लागि बैंकहरुबिच सम्झौता

लोकपथ
252
Shares

काठमाडौं । लक्ष्मी सन्राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबिच १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । यो 

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुन २७ मा विद्युतविकास उत्पादनको अनुमति लिनुका साथ २०७९ फागुन १७ गत नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिएको थियो । 

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी गर्नेछन् ।

लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता  ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरुको रूपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रहेको छ । अन्य सहभागी बैंकहरु हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबिआइ बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?