वामदेव गौतमकाे आरोप– ‘विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्’ 

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनै पनि शासकले ख्याल नगरेको लगाएका छन् । 

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताए ।

उनले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गरे । उनले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजाराै सर्वसाधारण प्रभावित हुने गरेको बताए । 

उनले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेशनशिल भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?