काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिप्परहरुले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परहरुले कानुन मान्ने नगरेको उनको आरोप छ । टिप्परको व्यवस्थापनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।
सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया