काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा रोजगारी सिर्जना गर्नु, लगानी गर्नु, सरकारलाई ट्याक्स तिर्नु, आम नागरिकलाई सुविधा दिनु र पूर्वाधार बनाउनु दुष्कर्म गरेको जस्तो भएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानी गर्नु, पूर्वाधार बनाउनुलाई नकारात्मक रूपमा लिने गरिएको उल्लेख गरे । उनले केही राजनीतिक दलका नेताहरू र केही संघसंस्थाहरुले विकासका कामलाई विरोध गर्ने गरेको बताए ।
विकासका काममा राजनीति कसको लागि गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे । नकारात्मकतालाई अघि बढाइराख्ने कुरा राम्रो नभएको पनि बताए । अध्यक्ष ढकालले लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बनाउनेहरूको विरोध गर्ने भए के खोजेको हो ? भन्दै प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया