काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा इकोनोमिक मिडिया एशोसिएशन नेपाल(इमान) को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल संक्रमणकालीन अर्थतन्त्रको चरण पार गरेर उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको उनको भनाइ छ ।
उनले विगतका आर्थिक नीतिहरुलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरु खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक रहेको बताए ।
उनले प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम नहुने जिकिर गरे । उनले कुनैपनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीताकलाई कमजोर पार्ने प्रयत्न गर्नु नहुने उल्लेख गरे ।
सभामुख घिमिरेले नेपालको दिगो आर्थिक समृद्धि हासिल गर्न स्थिर नीति, लगानीमैत्री वातावरणमा पारदर्शी वित्तीय प्रणाली र नवीनतम प्रविधिको समुचित प्रयोग जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया