एनआईसी एसिया बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
182
Shares

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको २७औँ वार्षिक साधारण सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । 

बैंकको २७औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर  १०० का दरले  ५ अर्ब बराबरको एनआईसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर(NIC ASIA Perpetual Non-Cumulative Preference Share)जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?