सशस्त्रका तीन एसएसपी डीआईजीमा बढुवा

लोकपथ
3.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । बढुवा हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट छन् । 

बढुवा सिफारिस समितिले गरेको सिफारिसपछि २० फागुनको गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरूलाई डीआईजीमा बढुवा गरिएको हो ।

बढुवा भएकामध्ये ढकाल सिसं १  बेसिकका र कुँवर र भट्ट सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसएसपी मनिष थापालाई छुटाएर सिसं २ बेसिकका दुई जनालाई बढुवा गरिएको भन्दै चर्को आलोचना भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?