उदयपुरमा घरभित्रै पिकअप भ्यान छिर्दा दिदी बहिनीको मृत्यु

लोकपथ
3.3k
Shares

उदयपुर । पिकअप भ्यान अनियन्त्रित भएर घरभित्र पस्दा घरमा काम गरिराखेकी दुई दिदी बहिनीको मृत्यु भएको छ ।

हात्तीमारा टोलस्थित आफ्नै घरको बरन्डामा सुपारी काट्दै गरेका बेला ती दुई दिदी बहिनीलाई सामान बोकेर फर्निचर कारखानातर्फ जाँदै गरेको प्र १०५००१ च ००९१ नम्बरको बोलेरो पिकअप भ्यानले घरभित्रै किचेको थियो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१२ हात्तीमाराकी ललन दासकी १४ वर्षीया छोरी अनुकुमारी र १० वर्षीया छोरी देवीकुमारी छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, हात्तीमारास्थित कारखानातर्फ जाँदै गरेको बेला पिकअप अनियन्त्रित भएर घरमा पसेको थियो । ठक्कर दिने पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पिकअपमा भएका अर्का एकजना भने फरार छन् ।

सवारी चालक त्रियुगा नगरपालिका– ९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटना प्रकृति मुचुल्का तयारी गरी शव उठाएर जिल्ला अस्पताल बोक्सेस्थित शवगृहमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?