संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

लोकपथ
336
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०/८१ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आ.व. २०७९/८० को छैटौँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्  । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त  बैंकिक कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?